१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्‍ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उक्त बैठक बस्‍ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । 

शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्‍ने

दिउँसो १ बजे बस्‍ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव,विकासित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

कांग्रेसले दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने विषयमा अनौपचारिक संवाद भइरहेको दुवै पक्षका नेता बताउँछन्।

प्रकाशित : फाल्गुन १९, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?