कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केही बेरअघि पेरिसडाँडास्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । 

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

केन्द्रीय कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलापछिको राजनैतिक स्थितिबारे, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही र पार्टीको आधिकारिकता दाबीबारे छलफल हुने बताइएको छ ।

पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा छलफल हुने पार्टीका स्थायी कमिटी सदस्य गणेश साहले बताए । केन्द्रीय सदस्यहरुलाई नागरिकता र पार्टीको परिचयपत्रसहित बैठकमा उपस्थित हुन भनिएको थियो ।


प्रकाशित : फाल्गुन १९, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?