कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका हुन् ।

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु। ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर रु। ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?