१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि जावलाखेलमा विद्यार्थीको प्रदर्शन

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार जावलाखेलमा सडक अवरुद्ध पारेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि जावलाखेलमा विद्यार्थीको प्रदर्शन

सोही क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया अञ्जु दाहाललाई बुधबार बिहान नक्खु, बागडोलमा जिपले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दाहाललाई बिहान ६ बजेतिर स१ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?