कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जिउँदै पुरेर मारिएकी महिलाका आफन्तले शव बुझेनन्

हरिहरसिंह राठौर

काठमाडौँ — धादिङ एक्स्काभेटर चालकले जिउँदै पुरेर मृत्यु भएकी त्रिपुरासुन्दरी–१ की सरस्वती कुमालका आफन्तले ठेकेदार पक्राउ र क्षतिपूर्ति नदिएसम्म पोस्टमार्टम नगर्ने बताएका छन् ।

जिउँदै पुरेर मारिएकी महिलाका आफन्तले शव बुझेनन्

मृतकका परिवारजनले दोषीलाई कर्तव्य ज्यान मुद्दा र उचित क्षतिपूर्तिको माग राख्दै शव बुझ्न मानेका छैनन् । शव सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । बुधबारसम्म उनीहरुलाई पक्राउ नगरे शव ल्याएर गाउँपालिकामै धर्ना दिने आफन्तजनले चेतावनी दिएका छन् ।

‘बुधबार बिहानसम्म दोषीलाई उपस्थित गराउँछौं भन्ने प्रहरीले आश्वासन दिएको छ,’ सल्यानटारका पूर्व गाविस अध्यक्ष फणिकान्त छत्कुलीले भने । दाङ घर भएका चालक बुढाथोकी र ठेकेदार युनियन बन्जाराको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।सोमबार दिउँसो त्रिपुरासुन्दरी–१ जिपजिपे पाखामा सडक खनिरहेको एक्स्काभेटरको ठक्करबाट ४५ वर्षीया कुमाल घाइते भएकी थिइन् ।

उनलाई उद्धार गर्नुको साटो चालक भीमबहादुर बुढाथोकीले एक्स्काभेटरमार्फत धकेलेर खसालेका थिए । त्यसपछि माटो झारेर पुरेका थिए । स्थानीयले खोजतलास गर्दा सरस्वतीको शव घोप्टो अवस्थामा फेला परेको थियो । उत्तेजित स्थानीयले एक्स्काभेटरमा आगजनी गरेका थिए ।

प्रकाशित : फाल्गुन १८, २०७७ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?