प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले दाहाल–नेपाल पक्ष संकटमा : बस्‍नेत 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले दाहाल-नेपाल पक्ष संकटमा परेको बताएका छन् । 

प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाले दाहाल–नेपाल पक्ष संकटमा : बस्‍नेत 

मंगलबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहने प्रचण्ड–माधव पक्षलाई नै संकट परेको बताएका हुन् । उनले दाहा–नेपाल समूह प्रधानमन्त्री ओली विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुग्ने दाबी गरे । उनले भने– 'प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होईन, उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्युत गर्न चाहने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई नै परेको जस्तो देख्छु म आजको मितिसम्म आइपुग्दाखेरी । किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दा पनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो ।'

नेता बस्नेतले कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताए । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सीमित हुने पनि नेता बस्नेतको दाबी छ ।


प्रकाशित : फाल्गुन १८, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?