२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सेफ सन्तोष साह सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

सेफ सन्तोष साह सम्मानित

मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकाले उनको योगदान प्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताए ।

सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उनको भनाइ छ ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । बिहिबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७७ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?