प्रक्रिया मिचेर बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेसको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

प्रक्रिया मिचेर बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेसको आपत्ति

शिक्षामन्त्रीको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेस शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसले बताएको छ ।

कांग्रेसले राजनीतिक दबाब सिर्जना नगर्न भन्दै यस्ता कार्य गरे परिणाम दुःखद् हुने पनि चेतावनी दिएको छ ।

नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको कांग्रेस शिक्षा विभागले ठहर गरेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?