कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनले नेपाललाई थप ३ लाख भ्याक्सिन दिने

चीनले नेपाललाई अनुदान सहायता दिने भ्याक्सिन डोजको संख्या ८ लाख पुग्यो 
जगदीश्वर पाण्डे

काठमाडौँ — चीनले नेपाललाई थप ३ लाख डोज भ्याक्सिन दिने प्रतिबद्धता जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज भ्याक्सिन अनुदान सहयोग गर्न लागेको प्रष्ट पारेकी हुन् । 

चीनले नेपाललाई थप ३ लाख भ्याक्सिन दिने

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए । माघ २३ गते नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोनमा वार्ता गर्दै वाङले उक्त प्रतिबद्धता गरेका थिए ।

राजदूत होउले सोमबार आफ्नो ट्वीटमा लेखेकी छन्,‘कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग स्वरुप चीन सरकारले नेपाललाई भ्याक्सिनको अनुदान सहायतामा बृद्धि गरी ८ लाख डोज पुर्‍याएको छ ।’ चिनियाँ राजदूतावासले उक्त भ्याक्सिन नेपाललाई छिटोभन्दा छिटो ल्याउनको लागि पहल गर्ने जनाएको छ । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासबाट नेपाललाई तीन लाख डोज भ्याक्सिन अनुदान दिने घोषणा गरेको थियो ।

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

नेपाललाई सबैभन्दा पहिले भारतले उसको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड भ्याक्सिन विकास गरेको भ्याक्सिन सहयोग गरेको थियो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’ नाममा उत्पादन गरेको हो ।

नरेन्द्र मोदीको ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार नेपाललाई पहिलो चरणमा १० लाख डोज भ्याक्सिन उपहार स्वरुप प्राप्त अनुदान सहयोग गरेको हो । यस्तै, नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारको कोभ्याक्सलाई करिब ५५० मिलियन पाउन्ड सहयोग गरेको उल्लेख गर्दै त्यसले नेपाललाई २० लाखभन्दा बढी डोज खोप अगामी महिनामा आइपुग्ने उल्लेख गरेकी छन् ।

नेपालले अनुदान बाहेक आफैंले पनि भ्याक्सिन खरिद गरेर ल्याइसकेको छ । नेपालले भारतबाट २० लाख डोज भ्याक्सिन खरिद गरेको छ । नेपालले भारतसँग खरिद गरेर ल्याएको पहिलो लटको भ्याक्सिन ल्याएर लगाउन थालिसकेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?