कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रधानसेनापतिले लगाए कोरोना खोप 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड- १९ (कोरोना भाइरस)विरुद्धको खोप लगाएका छन् ।

प्रधानसेनापतिले लगाए कोरोना खोप 

प्रधानसेनापति थापाले सोमबार काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोना खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ ।

नेपालमा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा रहेकाहरूलाई कोरोना खोप लगाइएको थियो भने दोस्रो फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथि उमेरकालाई लगाउने सरकारले तयारी गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?