ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको नेतृत्वमा आफू रहँदा विकास निर्माणका कामले गति लिइरहेकाे हुँदा आफूमाथि हमला भएको बताएका छन् ।

ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली

सोमबार पोखरामा आयोजित नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार प्रभावकारी रुपमा अगाडि बढेकाे देखेर आफूमाथि सम्पूर्ण रुपमा प्रहार भएकाे बताएका हुन् ।

'ममाथि शारीरिक हमला भएर तल–माथि भए पनि अनौठो नमाने हुन्छ', उनले भने, 'तर त्यस्तो हुने छैन । सर्तकता अपनाएका छौं । प्रतिक्रियावादीसँग हामी घुँडा टेक्दैनाैं । देशको भविष्यमा अन्धकारमा जान दिँदैनाैं ।'

प्रकाशित : फाल्गुन १७, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?