दाहाल-नेपालले कसैका लागि कम्फर्टेबल सरकार बनाउन खोजे : ओली

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूह जनतालाई चाहिने सरकारभन्दा पनि कसैको लागि कम्फर्टेबल सरकार बनाउने ध्यानतिर लागेको दाबी गरेका छन् ।

दाहाल-नेपालले कसैका लागि कम्फर्टेबल सरकार बनाउन खोजे : ओली

पोखरामा आयोजित नेकपाको ओली पक्षिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-नेपाललाई कसैका लागि कम्फर्टेबल सरकार बनाउनेमा केन्द्रित भएको बताए ।

'उहाँहरुलाई देश बनाउने, जनतालाई सेवा गर्ने सरकार हैन, पूर्वाधार विकास गर्ने सरकार हैन, कसैका लागि कम्फर्टेबल सरकार बनाउने चाहिएको छ,'उनले भने ।

प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहले पार्टी कब्जा गर्ने, देश बर्बाद बनाउने कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाए ।

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि एक टेलिभजनलाई अन्तवार्ता दिँदै भारत र चीनलाई अनुकल कम्फर्टेबल सरकार बनाउने बताएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?