२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चन्द समूहका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

सन्तोष सिंह

धनुषा — नेत्रविक्रम चन्द समूहका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्रहरीले खोजी सूचीमा राखेका शुसलिङ्गलाई आइतबार साँझ पक्राउ गरिएको हो । 

चन्द समूहका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोत्तरी, गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ प्रहरी स्रोतले जनाएको छ । गौशाला प्रहरीले पक्राउ गरेका शुसलिङ्गलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ । शुसलिङ्गले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतंक मच्चाएको प्रहरीको आरोप छ ।

व्यापारी र कर्मचारीलाई धम्किपूर्ण व्यवहार गरी चन्दा आतंक मच्चाएपछि सर्लाही प्रहरीको सहयोगमा शुसलिङ्गलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हो ।

प्रकाशित : फाल्गुन १६, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?