अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनाैती

अर्जुन राजवंशी

बिर्तामोड — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहलाई चुनाैती दिएका छन् ।

अविश्‍वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनाैती

आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन- नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुन:स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिए । उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएकाे बताए ।

'सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्‌मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनाैती दिन्छु,' प्रधानमन्त्रीले भने ।

जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको भनाइ थियो । उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताए । उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए ।

निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए । उनले भने, 'अरिंगाल खायौं बच्छिउँ खायौं के भन्छ नि ! झुसे बारुलाहरूले फूर्ती नलाए हुन्छ । राजतन्त्र हुँदा त्यसलाई फाल्छौं भनेर फालेर आएका हौं पञ्चायत फालेर आएका हौं ।'

प्रकाशित : फाल्गुन १६, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?