१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

न्याय माग्न अदालत जान्छु : कोमल वली 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् । 

न्याय माग्न अदालत जान्छु : कोमल वली 

दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

'म अहिले दाङमा छु । उहाँले जसरी कोमल वलीले 'सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको' भन्नु भएको छ, यो उहाँको निच अभिव्यक्ति हो । उहाँले ममाथि मात्र होइन सफलता प्राप्ते महिलाका विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ,' उनले भनिन्,' साथीभाइहरुसँग सरसल्लाह गर्दैछु । भोलिसम्म दाङमै व्यस्त छु । पर्सी काठमाडौंमा आइसकेपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार गरेको छु । म न्यायको लागि अदालतमा जान्छु ।'

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् । रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भएको छ । वली नेकपा ओली समूहमा खुलेकी छन् ।

प्रकाशित : फाल्गुन १६, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?