कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रचण्ड-नेपालको प्रतिगमन सच्चिए होला, थारु, मधेसीको सच्चिएको छैन : महतो

मोहन बुढाऐर

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लामो समयदेखि मुठ्ठीभर शासकको उत्पीडनका कारण थारुहरु र नयाँ पिढीमा आक्रोशको ज्वाला दन्किरहेको बताएका छन् । ‘थारुमा दन्किरहेको उत्पीडनको यो ज्वालाले मात्रै थारुको मुक्ति गर्ने छ’, उनले भने,‘यो ज्वालालाई मुक्तिको आन्दोलन सफल नभएसम्म बचाई राख्नु पर्छ ।’ 

प्रचण्ड-नेपालको प्रतिगमन सच्चिए होला, थारु, मधेसीको सच्चिएको छैन : महतो

कैलालीको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा शनिबारदेखि सुरु थारुवान थारुहट युवा राष्ट्रिय सम्मेलनमा नेता महतोले शासकहरुले अहिलेसम्म कमैया कमलरी बनाउनमात्रै जानिराखेको बताए । ‘अधिकार, पहिचानविहीन भएकाहरु संगठित भएर अघि बढ्दा शासकहरुले दमन गर्दै आएका छन्’, उनले भने,‘अधिकार पहिचानको आन्दोलनलाई दबाउने घटनामध्येको टीकापुरको विद्रोह हो ।’ उनले टीकापुरमा षड्यन्त्रपूर्वक हिंसात्मक घटना गरी दबाइएको बताए । उनले भने,‘टीकापुर घटना होइन, एक थारु विद्रोह हो ।’ उनले उक्त विद्रोहलाई आपराधिक घटनाका नाममा शासक वर्गले थारुलाई जेल कोच्‍ने काम गरेको बताए ।

'अहिले नेकपाका प्रचण्ड र माधव नेपाल समूह प्रतिगमन सच्चिएको भनेर सहकार्यका लागि आएका छन्,' हामीले भन्यौं, तपाईंको प्रतिगमन सच्चिएको होला तर हाम्रो सच्चिएको छैन ।’ उनले केपी ओली महाराजले गरेको प्रतिगमन अदालतको फैसलाले सच्चिएर संविधान ट्र्याकमा आएको बताए । ‘अदालतको फैसलाले लोकतन्त्रको रक्षा भयो’, उनले भने, ‘तर मैले प्रचण्ड र नेपाललाई भने, तपाईंहरुले गरेको प्रतिगमन सकिएको खोई? ’

उनले प्रश्न गर्दै भनेको स्मरण गराए, 'तपाईंहरु कांग्रेस, एमाले, माओवादीले गोली चलाएर संविधान बनाएको होइन ? यही संविधान बनाउने बेलामा टीकापुरमा थारु अन्दोलन गरेको होइन ? खोई टीकापुर घटना फिर्ता लिएको ? रेशम चौधरी बाहिर आएको खोई ?’

थारु युवायुवतीले हसुलिया बजारमा रातो टिसर्टमा मार्चपास र थारुहरुले जुलुस प्रदर्शन गरेका थिए । आइतबार सकिने सम्मेलनमा देशभरका थारुहरुको प्रतिनिधिमुलक सहभागिता छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?