कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकारले मोडबाट खसालिदिएको देशको गाडी सर्वोच्चले रोडमा ल्यायो : नेता थापा

राजकुमार कार्की

सिन्धुली — कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाले केपी ओली सरकारले मोडबाट खसालिदिएको देशको गाडीलाई सर्वोच्च अदालतले रोडमा ल्याएको टिप्पणी गरेका छन् । 

ओली सरकारले मोडबाट खसालिदिएको देशको गाडी सर्वोच्चले रोडमा ल्यायो : नेता थापा

सिन्धुलीको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले सर्वोच्चले मोडबाट खसालिएको गाडी सडकमा ल्याउने काम गरे पनि अझै धेरै मोडका सडक रहेको बताए । 'मोड धेरै छन्, त्यस्तो सडकमा गाडी हाँक्ने चालक सन्की छन्', उनले भने, 'यस्तो अवस्था पार लगाउन कांग्रेस जिम्मेवारपूर्वक लाग्नु पर्दछ ।'

सर्वोच्च अदालतको आदेशपछि देशको अवस्था फेरिएको तर नेकपाको तमासा भने नफेरिएको भन्दै थापाले एकथरि नेकपालाई बढी लड्डु खाएर पखाला लागेको छ अर्कोथरिलाई लड्डु खान पाएनौं भन्ने चिन्ता रहेको बताए । ओली नेकपा उत्ताउलो भएको र दाहाल, नेपाल नेकपा आत्तिएकाले कांग्रेसले देशलाई निकास दिनुपर्ने जिम्मेवारी आएको थापाको कथन छ ।

पूर्वमन्त्री रहेका थापाले पाँच वर्ष कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेट नदिएको खुलाए । प्रतिपक्षमा बसेको कांग्रेस प्रतिपक्षमै बस्ने र देशलाई निकास दिन सक्ने गरीमात्रै अगाडि बढ्ने उनको भनाइ थियो । 'हामी सरकारमा जाने हो तर अहिले होइन अब आउने चुनावमा सानदारका साथ जितेर जाने हो', उनले भने नेकपाले छोडेको भाग खान होइन आफैले बहुमत ल्याएर जाने हो ।'

प्रकाशित : फाल्गुन १५, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?