कान्तिपुरकर्मी बुनु थारु सम्मानित - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी बुनु थारु सम्मानित 

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी बुनु थारु सम्मानित भएकी छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा थारुसहित ७ जना पत्रकार र चिकित्सकहरुलाई सम्मान गरिएको हो । 

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा प्रालिले स्वास्थ्य क्षेत्रमा योगदान दिएबापत चिकित्सक तथा पत्रकारहरुलाई सम्मान गरेको हो ।

प्रदेश १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य र गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. वसन्तकुमार ताम्राकार सम्मानिति भएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्टलाई सम्मान गरिएको थियो ।

कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा. सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाही पनि सम्मानित भएका थिए । सो अवसरमा बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छाकामना गाउँपालिकालाई कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै संस्थागत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य पत्रकारितामा आबद्ध पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रकी भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम र हेल्थन्यूज डटकमका नमराज भट्ट पनि सम्मानित भएका थिए ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक सन्दीपकुमार श्रेष्ठले यहॉसम्मको यात्रा कठिन भए तापनि आगामी दिनमा निरन्तरताका साथ स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

रोयल इन्फिल्डको ‘वेल फेर राइड’

कान्तिपुर संवाददाता

काठमाडौँ — रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले शनिबार ‘वेल फेर राइड’ सम्पन्न गरेको छ ।

बालाजुस्थित रोयल इन्फिल्ड सोरुमदेखि सुरु भएको राइड कार्यक्रमलाई रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले उद्घाटन गरे ।

राइडमा ३५ वटा रोयल इन्फिल्डमा ४२ जनाको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×