कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

शरीरको दाहिने भाग चल्न थाले पनि खतरामुक्त भने नभएको चिकित्सकको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ ।  जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिए पनि खतरामुक्त भने छैन ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

शनिबार बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डा. झाले बताए । शनिबार बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छोडेको पनि उनले बताए । ‘आज हामीले न्युरोलोजी एसेस गरेका छौं । बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छाडेका छौं । आज उहाँको स्पोन्टेनियस रेस्पिरेसन(आफैले श्वास फेरेको) रेट ६–७ वटा छ । सामान्यतया हुनुपर्ने १२-१५ वटा हो । उहाँमा यो ५० प्रतिशत देखिएको छ ।’

त्यस्तै दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको डा. झाले बताए । ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न,’ उनले भने ।

जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । शुक्रबार टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताएका थिए । शुक्रबार बिहान टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (ईभीडी) राखिएको र १ सय ३० एमएल जति पानी निकालिएको पनि डा. झाले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १५, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?