कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द समूहका कार्यकर्ता भएको आरोपमा पक्राउ

अवधेशकुमार झा

राजविराज — सप्तरी प्रहरीले शुक्रबार साँझ ७ बजे प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता भएको आरोपमा राजविराजबाट एक जनालाई पक्राउ गरेको छ ।

चन्द समूहका कार्यकर्ता भएको आरोपमा पक्राउ

राजविराज ५ स्थित एक घरमा भाडामा बस्दै आएका उदयनाथ मण्डललाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । पक्राउ गरिएका मण्डल टेलिफोनबाट विभिन्न व्यक्तिलाई फोन गरी चन्दाका लागि धम्क्याउने गरेको सूचनापछि प्रहरीले उनीमाथि निगरानी सुरु गरेको एसपी धमलाले जनाए ।

शुक्रबार साँझ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको घर घेरा हाली मण्डललाई नियन्त्रणमा लिएको थियो । एसपी धमलाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मण्डल चन्द समूहका सप्तरी सिरहा जिल्ला कमिटीका सदस्य रहेको बताए पनि उनी कुन जिम्मेवारीमा छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनको घरमा चन्द समूहका केही दस्तावेजहरु फेला पारेको बताएको छ । ‘अहिले उदयनाथ मण्डललाई पक्राउ गरेका छौं, उनको घरबाट प्रतिबन्धित समूहका दस्तावेजहरु फेला परेको छ, थप अनुसन्धान भइरहेको छ’, एसपी धमलाले भने,‘अनुसन्धान जारी रहेकाले थप कुरा खुल्न बाकी छ ।’

प्रकाशित : फाल्गुन १४, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?