१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

२४ घण्टामा १ सय १२ कोरोना संक्रमित, ४ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।

२४ घण्टामा १ सय १२ कोरोना संक्रमित, ४ को मृत्यु

यस्तै, ५४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय ७७ रहेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

मुलुकका विभिन्न प्रयोगशालमा हालसम्म २१ लाख ५७ हजार ५ सय ९० पीसीआर नमुनाको परीक्षण भएका छन् । ७१ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?