२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

काठमाडौंको तारकेश्‍वरमा फेरि देखियो बर्ड फ्लु

इकान्तिपुर डेस्क

काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा  फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भएको छ । 

काठमाडौंको तारकेश्‍वरमा फेरि देखियो बर्ड फ्लु

एक महिनादेखि काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षत्रेमा बर्ड फ्लु भेटिँदै आएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन् ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ। साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंकमण समेत गरिसकिएको पनि महानिर्देशक श्रेष्ठले बताइन् ।

यसअघि तारकेश्वरमा माघ दोस्रो र अन्तिम सातामा बर्ड फ्लु देखिएको थियो ।

विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न पनि आग्रह गरेको छ । त्यस्तै सम्पूर्ण पन्छीपालक कृषकलाई फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले आग्रह गरेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?