कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मस्तिष्कघातपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार हुँदै
स्वरूप आचार्य

काठमाडौँ — कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।  नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।

मस्तिष्कघातपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।

डा. झाका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो । ‘उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । त्यसलाई हामी शल्यक्रिया गरेर पनि निकाल्न सक्दैनौं । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन ड्रेन पाइप राखिएको छ,’ उनले भने, ‘यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ । हामी प्रयासरत छौं ।’

डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । ‘उहाँलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न सकिन्न,’ डा. झाले भने ।

जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको सहयोगी पुष्कर पाण्डेले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १४, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?