कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । 

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले कान्तिपुरलाई जानकारी दिए । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि सहयोगी पाण्डेले बताए ।

अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ । 'उहाँलाई थ्यालेमिक ह्‍यामरेज भएको हाे । अहिले नै केही भन्‍न सकिने अवस्था छैन,' नर्भिक अस्पतालका एक चिकित्सकले भने ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?