१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सर्वोच्चले मुलुकलाई अस्थिरता हुनबाट बचायो : उपेन्द्र यादव

विप्लव भट्टराईं

इलाम — जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले मुलुकलाई राजनीतिक अस्थिरता र अनिश्चितता हुनबाट रोकेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री रहेका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद् पुनर्स्थापना गरेर सर्वोच्च अदालतले आन्दोलन, अस्थिरता र अनिश्चितताबाट मुलुकलाई जोगाएको बताए । 

सर्वोच्चले मुलुकलाई अस्थिरता हुनबाट बचायो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी इलामले बिहीबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वोच्च अदालतले केपी ओलीको निरंकुश बन्ने सपनालाई रोकेको दाबी गरे । राजनीतिक अन्योलता सिर्जना गरी संविधान निस्तेज पारेर निरकुंश शासक बन्ने केपी ओलीको कल्पना असफल भएको अध्यक्ष यादवको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य शरदसिंह भण्डारीलगायतले प्रतिनिधिसभा पुन:स्थापनाले जनतामा लोकतन्त्रप्रतिको विश्वास बढेको धारणा राखेका थिए ।


प्रकाशित : फाल्गुन १३, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?