कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पूर्वराष्ट्रपति यादवले भने, 'लोकतन्त्र र संविधान रक्षा गर्ने अदालतलाई नमन छ'

सन्तोष सिंह

धनुषा — पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिभित्र चिरा परेको लोकतन्त्र बलियो नभएसम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन नहुने बताएका छन् । 

पूर्वराष्ट्रपति यादवले भने, 'लोकतन्त्र र संविधान रक्षा गर्ने अदालतलाई नमन छ'

कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा बिहीबार आयोजना गरेको महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नचलेर चिरा परेकोले मुलुकमा समस्या आएको बताए । 'लोकतन्त्र, संघीयता र समावेशीमा विश्वास गर्नेको जित भएको छ', डा.यादवले भने, ‘अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ । मुलुकमा लागेको ग्रहणलाई अदालतले संविधानअनुसार हटाएको छ । संविधानलाई बचाउने अदालतलाई नमन गरी समन गर्न चाहन्छु ।’ उनले संविधान र लोकतन्त्र रक्षाका लागि अदालतले आफ्नो धर्म निर्वाह गरेको उल्लेख गरे ।

प्रतिनिधिसभा विघटन बदरपछि ४/५ चरणमा सरकार गठन प्रयासपछि मात्र मुलुकमा निर्वाचन हुने बताउँदै डा. यादवले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनु पर्ने बताए । संवैधानिक निकायमा राजनीतिक बाँडफाँड बन्द गरी नियुक्तिमा विज्ञलाई प्राथमिकतामा राखेपछि मात्र संवैधानिक निकाय निष्पक्ष हुने उनले बताए ।

डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासन नभएको टिप्पणी गरे । कांग्रेस, नेकपा र मधेसवादी दलसहित कुनै पनि दलमा आर्थिक अनुशासन नभएको उनले आरोप लगाए ।

पछिल्लो सय वर्षयता सैनिक सासन, साम्यवाद, लोकतन्त्रको क्रममा हुकुमी शासनमा जेल परे पनि एउटै विचारको राजनीति गर्ने गान्धीवादी नेता महेन्द्रनारायण निधिको कार्यकर्ता र डाक्टर भएर काम गर्ने सम्झान सुनाउँदै राजनीतिका नयाँ पुस्ताले निधिको जिवनी अवलम्बन गर्न सुझाव दिए ।

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, प्रदेश २ को प्रमुख प्रतिपक्ष नेकपा संसदीय दलका नेता शत्रुधन महतो, कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायतले महेन्द्रनरायण निधिको स्वभाव र विचारबारे चर्चा गरेका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?