१ करोड १७ लाख हिनामिना गरेको आरोपमा चितवनका तत्कालीन मालपोत अधिकृत पक्राउ

मातृका दाहाल

काठमाडौँ — प्रहरीले १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुनसन्धान ब्युरो (सीआईबी)ले ५९ वर्षीय दमाईलाई काठमाडौंको कागेश्वरीबाट बुधबार पक्राउ गरेको हो ।

सीआईबीका डीआईजी सहकुलबहादुर थापाका अनुसार चितवनका तत्कालीन मालपोत अधिकृत दमाईले आर्थिक वर्ष २०७४/७५ र ०७५/७६मा भूमि प्रशासन सम्बन्धि सरकारी खातामा दाखिला हुनुपर्ने १ करोड १७ लाख रुपैयाँ किर्ते छाप तथा दस्ताखत र नक्कली बिल भरपाई गरेर आफूले लिएका थिए ।

अनुसन्धानका क्रममा विभिन्न ११ वटा नक्कली बिल भरपाई बनाएर उक्त रकम लिएको तर सरकारी खातामा दाखिला नगरे फाइलमा दुरुस्त राखेको पाइएको थियो ।

त्यही कसुरमा अख्तियारले अनुसन्धान गर्दा सरकारकी छाप कीर्ते गरेको भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीमा बुझाएको थियो । उनीविरुद्धको कसुरमा थप अनुसन्धान जारी राखिएको डीआईजी थापा बताए ।

प्रकाशित : फाल्गुन १२, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपियो

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएकाको संख्या सच्याएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को छानबिन समितिको प्रतिवेदन अनुसार कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपिएको हो ।

कोरोनाबाट बुधबार १ जनाको मृत्यु भएको र विगतमा नमिलेको तथ्यांक सच्याउँदा ६१८ मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

डा. गौतमले घरमा मृत्यु भएकाको पीसीआर रिपोर्ट पोजिटिभ भएको, कतिपयमा कोरोनाको लक्षण देखिएकाले पनि मृतकको संख्या थपिन गएको र भविष्यमा मृतकको संख्या थपघट हुन सक्ने बताए ।

प्रकाशित : फाल्गुन १२, २०७७ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×