कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।

२४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिए

यस्तै,कोरोनाबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै ७१ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार १ सय ३९ रहेको छ भने मृतकको संख्या २ हजार ६६ पुगेको छ ।

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ३७ रहेको छ । ६३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?