२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

देउवा निवास पुगे दाहाल–नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार दिउँसो उनको निवास पुगेका छन् ।

देउवा निवास पुगे दाहाल–नेपाल

प्रतिनिधिसभा पुन:स्थापनापछिको अवस्थामा दलहरू कसरी अघि बढ्ने भनेर छलफल गर्न उनीहरू बूढानीलकण्ठ पुगेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । मंगलबार चितवनमा रहेका दाहाल–नेपालले बुधबारदेखि नै अन्य दलहरुसँग छलफल छलफल अगाडि बढाउने बताएका थिए । राजनीतिक दलहरुसँग सहमति र समझदारी गरेर अगाडि बढ्ने दाहालको भनाइ थियो ।

प्रकाशित : फाल्गुन १२, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?