सर्वोच्चको फैसलाले राजनीति ट्रयाकमा आयो, व्यवस्थाप्रति भरोसा जगायो : गगन थापा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चको फैसलाले राजनीति ट्रयाकमा आयो, व्यवस्थाप्रति भरोसा जगायो : गगन थापा

'संविधान मिच्ने अपराध गर्नेहरुले उन्मुक्ति पाउनु हुँदैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले राजनीतिलाई ट्रयाकमा ल्याइदिएको बताएका छन् । इकान्तिपुरसँग कुरा गर्दै थापाले भने, 'सर्वोच्च अदालतको निर्णयले राजनीतिमात्रै ट्रयाकमा फर्किएको छैन व्यवस्थाप्रतिकै भरोसा जगाइदिएको छ ।'

'यो संविधानको पालना र कार्यान्वयन गर्ने जिम्मा पाएको कार्यकारी चुक्दा र राष्ट्रपतिले त्यसलाई सच्च्याउने आफ्नो जिम्मेवरी वहन गर्न चुक्दा संविधानमाथि आघात भएको थियो । सर्वोच्चले आफ्नो दायित्व निर्वाह गर्दा संविधानको जित भएको छ,' थापाले भने ।

उनले सर्वोच्चको यो आदेशले अब आउने प्रधानमन्त्रीलाई पनि स्वेच्छाचारी बन्न रोक्ने बताए ।

उनले बल संसदमा फर्किएको भन्दै दलहरुले अब देशलाई सुझबुझ पूर्णरुपले अघि लैजानुपर्ने बताए । 'साथै संविधान उल्लंघन गर्ने अपराधीले उन्मुक्ति पाउनु हुँदैन । राष्ट्रपतिले पनि दायीत्व निर्वाह गर्न असक्षम भएको भनेर यति धेरै प्रश्न आए त्यसलाई पनि सहजतापूर्वक बिर्सन सकिदैन,' थापाले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

अस्पतालबाट बाबुरामको ट्विट- 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो'

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको' बताएका हुन् ।

उनले भनेका छन्,'कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !'

प्रकाशित : फाल्गुन ११, २०७७ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×