१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सर्वोच्चको फैसला जनताको जित : प्रवक्ता शर्मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला जनताको जित भएको बताएका छन् ।

सर्वोच्चको फैसला जनताको जित : प्रवक्ता शर्मा 

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरिदिएपछि प्रवक्ता शर्माले अधिनायक आकांक्षालाई समेत बदर गरेको उल्लेख गरेका छन् । उनले फैसला सुनाउने न्यायाधीशहरुलाई सलाम भनेका छन् ।

प्रवक्ता शर्माले भनेका छन्, 'न्यायमूर्तिहरुलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो, फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ l संविधान रक्षा गर्दै जनताको जित भएको छ ।'

प्रकाशित : फाल्गुन ११, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?