प्रदेशसभा बैठक बोलाउन कांग्रेसको माग

सन्तोष सिंह

धनुषा — कांग्रेस प्रदेश २ संसदीय दलको बैठकले प्रदेशसभा तत्काल बोलाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

प्रदेशसभा बैठक बोलाउन कांग्रेसको माग

प्रदेशसभा बैठक लामो समयदेखि नबस्दा प्रदेशको गतिविधि अगाडि बढ्न नसकेको ठहर गर्दै कांग्रेसले तत्काल बैठक बोलाउने निर्णय गरेको संसदीय दलका सचेतक उपेन्द्र कुशवाहाले बताए ।

मंगलबार संसदीय दलको कार्यालयमा बसेको बैठकले मंगलबार सभामुख सरोजकुमार यादव र मुख्यमन्त्री लालबाबु राउतले भेटेर प्रदेशसभा बैठक बोलाउ आग्रह गर्ने निर्णय गरेको कुशवाहाले बताए । बैठकले तत्कालीन राजापा र समाजवादी पार्टी समायोजन भए पनि प्रदेश सभाबाट दोहरो सुविधा लिएकोमा आपत्ति जनाएको छ । बैठकमा सशर्त बजेट सम्बन्धी कार्यविधिमा समेत आपत्ति जनाइएको छ ।

चोथौं अधिवेशन समाप्त भएको चार महिनादेखि प्रदेश ठप्प छ । कात्तिक ४ गते चौथो अधिवेशन अन्त भएको प्रदेश २ को प्रदेशसभा बैठक पछिल्लो चार महिनायता विजनेस पाएको छैन । प्रदेशसभा बैठक नहुँदा प्रदेश सांसद फर्सदिला बनेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?