प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् ।

अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाइ भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् ।अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चमा सुरक्षा बढाइयो, रिट निवेदकलाई इजलासले बोलायो 

जयसिंह महरा

काठमाडौँ — सर्वोच्च अदालतमा मंगलबार साँझ सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसर र वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई 'हेर्दा हेर्दै'मा राखेको थियो । 

मंगलबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको एक रिट निवेदकले बताए । 'हामीलाई इजलासले बोलाएको खबर आएको छ । फैसला सुनाउन हो कि किन हो थाहा छैन,' उनले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×