सर्वोच्चमा सुरक्षा बढाइयो, रिट निवेदकलाई इजलासले बोलायो - समाचार - कान्तिपुर समाचार

सर्वोच्चमा सुरक्षा बढाइयो, रिट निवेदकलाई इजलासले बोलायो 

जयसिंह महरा

काठमाडौँ — सर्वोच्च अदालतमा मंगलबार साँझ सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसर र वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई 'हेर्दा हेर्दै'मा राखेको थियो । 

मंगलबार साँझ इजलासले सबै रिटका १३ जना निवेदकलाई बोलाएको एक रिट निवेदकले बताए । 'हामीलाई इजलासले बोलाएको खबर आएको छ । फैसला सुनाउन हो कि किन हो थाहा छैन,' उनले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

कम्युनिष्टको उपलब्धिमाथि देशीविदेशी हमला : नारायणकाजी श्रेष्ठ

सन्तोष सिंह

धनुषा — नेकपा दहाल–नेपाल समूहका प्रवक्ता नरायणकाजी श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको अनुपम उपलब्धिमाथि विसर्जनवादीबाट हमला भएको बताएका छन् । देशीविदेशी प्रतिगामी र प्रतिक्रियावादी शक्तिले विस्तारवादी सोचबाट कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई समाप्त गर्न र कम्युनिष्ट पार्टीलाई तोड्ने षडयन्त्र गरेको उनले आरोप लगाए ।

संविधानलाई कार्यन्वयन गरी नेपाली जनताको जीवनमा प्रत्यक्ष रुपमा परिवर्तन र समाजवादको अधार निर्माण गर्ने बेलामा संविधान र लोकतन्त्रमाथि विसर्जनवादी सोचबाट आक्रमण भएको पनि उनले बताए ।

महोतरीको बर्दिबासमा आधारशिलाको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्रलाई समाप्त गर्ने असंवैधानिक कदम चालिएकाले कम्युनिष्ट पार्टीमा वैचारिक स्खलन भएको बताए । नेपालको कम्युनिष्ट पार्टीमा वैचारिक स्खलन भएको छ', उनले भने, ‘कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीको पदको गुम्ने बेलामा पार्टी, लोकतन्त्र र संविधान चाहिँदैन भन्दै प्रतिगामी कदम चालिएको छ । पार्टीभित्र यस्ता प्रवृत्ति अन्त्यका लागि अभियान र बहस चलाउने बेला आएको छ ।’ कम्युनिष्ट पार्टी कुनै व्यक्तिबाट नभएर विधि र प्रक्रियाबाट चलाउने समय आएको छ', उनले भने ।

असंवैधानिक तवरले जनताको प्रतिनिधि संस्थालाई भंग गरिएकोले प्रतिगामी शक्तिलाई असफल पार्न संविधान र लोकतन्त्रको रक्षाका लागि संयुक्त संघर्षको आवश्यकता रहेको बताए । 'कांग्रेस संयुक्त संघर्षका लागि तयार नभएपनि अन्य दल र नागरिक समाजसँग नेकपा संयुक्त संघर्षलाई अगाडि बढाएको छ', उनले भने ।

कम्युनिष्ट आन्दोलनमा सहयोग गर्नेहरुलाई आधारशिलाको १८ औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्दै नेता श्रेष्ठले आफैले आफैलाई कम्युनिष्ट बनाउन महोत्तरीमा आधारशिला स्थापना गरिएको बताए । पार्टीमा लागेर पदमा मात्रै पुग्नेहरु कम्युनिष्ट हुन नसक्ने बताउँदै श्रेष्ठले पार्टीमा संगठित भएर सक्रिय हुने र भौतिक रुपमा पार्टी प्रति समर्पित हुने मात्रै कम्युनिष्ट बन्न सक्ने बताए । 'कम्युनिष्ट पार्टी चन्दा मागेर चल्दैन, श्रम अनिवार्य गर्नै पर्ने हुन्छ', उनले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×