कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कम्युनिष्टको उपलब्धिमाथि देशीविदेशी हमला : नारायणकाजी श्रेष्ठ

सन्तोष सिंह

धनुषा — नेकपा दहाल–नेपाल समूहका प्रवक्ता नरायणकाजी श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको अनुपम उपलब्धिमाथि विसर्जनवादीबाट हमला भएको बताएका छन् । देशीविदेशी प्रतिगामी र प्रतिक्रियावादी शक्तिले विस्तारवादी सोचबाट कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई समाप्त गर्न र कम्युनिष्ट पार्टीलाई तोड्ने षडयन्त्र गरेको उनले आरोप लगाए ।

कम्युनिष्टको उपलब्धिमाथि देशीविदेशी हमला : नारायणकाजी श्रेष्ठ

संविधानलाई कार्यन्वयन गरी नेपाली जनताको जीवनमा प्रत्यक्ष रुपमा परिवर्तन र समाजवादको अधार निर्माण गर्ने बेलामा संविधान र लोकतन्त्रमाथि विसर्जनवादी सोचबाट आक्रमण भएको पनि उनले बताए ।

महोतरीको बर्दिबासमा आधारशिलाको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्रलाई समाप्त गर्ने असंवैधानिक कदम चालिएकाले कम्युनिष्ट पार्टीमा वैचारिक स्खलन भएको बताए । नेपालको कम्युनिष्ट पार्टीमा वैचारिक स्खलन भएको छ', उनले भने, ‘कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीको पदको गुम्ने बेलामा पार्टी, लोकतन्त्र र संविधान चाहिँदैन भन्दै प्रतिगामी कदम चालिएको छ । पार्टीभित्र यस्ता प्रवृत्ति अन्त्यका लागि अभियान र बहस चलाउने बेला आएको छ ।’ कम्युनिष्ट पार्टी कुनै व्यक्तिबाट नभएर विधि र प्रक्रियाबाट चलाउने समय आएको छ', उनले भने ।

असंवैधानिक तवरले जनताको प्रतिनिधि संस्थालाई भंग गरिएकोले प्रतिगामी शक्तिलाई असफल पार्न संविधान र लोकतन्त्रको रक्षाका लागि संयुक्त संघर्षको आवश्यकता रहेको बताए । 'कांग्रेस संयुक्त संघर्षका लागि तयार नभएपनि अन्य दल र नागरिक समाजसँग नेकपा संयुक्त संघर्षलाई अगाडि बढाएको छ', उनले भने ।

कम्युनिष्ट आन्दोलनमा सहयोग गर्नेहरुलाई आधारशिलाको १८ औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्दै नेता श्रेष्ठले आफैले आफैलाई कम्युनिष्ट बनाउन महोत्तरीमा आधारशिला स्थापना गरिएको बताए । पार्टीमा लागेर पदमा मात्रै पुग्नेहरु कम्युनिष्ट हुन नसक्ने बताउँदै श्रेष्ठले पार्टीमा संगठित भएर सक्रिय हुने र भौतिक रुपमा पार्टी प्रति समर्पित हुने मात्रै कम्युनिष्ट बन्न सक्ने बताए । 'कम्युनिष्ट पार्टी चन्दा मागेर चल्दैन, श्रम अनिवार्य गर्नै पर्ने हुन्छ', उनले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?