१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फेवातालको क्षेत्रफल नाप्‍ने मन्त्रिपरिषद्को निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्री जुलीकुमारी महतोले जानकारी दिइन् ।

फेवातालको क्षेत्रफल नाप्‍ने मन्त्रिपरिषद्को निर्णय

बैठकले अन्य विविध निर्णयहरु पनि गरेको उनले बताइन् । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था आएपछि फेवातालमा पानीको सतह घटाइएको छ । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो ।

त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एक सय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।

प्रकाशित : फाल्गुन ११, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?