१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना अपडेट : २४ घण्टामा ११० संक्रमित, ४ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ११० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा १ हजार ५३३ सक्रिय संक्रमित रहेका छन् ।

कोरोना अपडेट : २४ घण्टामा ११० संक्रमित, ४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ रहेको छ ।

हालसम्म देशभर २१ लाख ४६ हजार ५३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?