१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना 

कान्तिपुर संवाददाता

नयाँदिल्ली — स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना 

सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा. विक्रम भाटियाले भट्टराईको प्रारम्भिक परीक्षण गरेका थिए । भट्टराईले यसअघि ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा भट्टराईलाई न्यूरो–इण्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको छ ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार नेपालमा त्यो ट्युमर घातक भएको वा नभएको नखुलेपछि निदानका चिकित्सक डा. निरज जोशीले नै भट्टराईलाई उपचारका लागि चाँडोभन्दा चाँडो दिल्ली जान सुझाएका हुन् । भट्टराईको मंगलबार दिनभरि नै स्वास्थ्य परीक्षण हुनेछ । त्यसपछि मात्र ट्युमर घातक भएको वा नभएको यकिन हुने भट्टराईले सोमबार साँझ कान्तिपुरसँगको भेटमा बताए ।

लामो समयदेखि पेटको समस्या पीडित भट्टराई थप उपचारका लागि आइतबार नयाँदिल्ली आएका हुन् । उनको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे समेत छन् । उनीहरु सबै जना दिल्लीस्थित नेपाली दूतावासमै बसेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?