२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रिहा भएलगत्तै पक्राउ परेका बास्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगियो

मातृका दाहाल

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ । उनलाई केही बेरअघि
सर्वोच्च अदालतबाहिरबाट पक्राउ गरेलगत्तै काभ्रे पठाइएको हो ।

रिहा भएलगत्तै पक्राउ परेका बास्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगियो

पुस २९ गते ललिपुरको वाग्मती गाउँपालिकाबाट पक्राउ परेका बास्तोलालाई अदालतले यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै रिहा गरेको थियो । त्यसपछि महानगरी प्रहरी वृत मालीगाउँले नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको मुद्दाका लागि उतै पठाइएको थियो ।

त्यसपछि फेरि बन्दी प्रत्यक्षीकरणको रिट दायर भएकोमा सोमबार सर्वोच्चले सुनुवाइ गर्दै उनलाई छोड्न आदेश दिएको थियो । तर अदालतको आदेश पाएर रिहा भए लगत्तै प्रहरीको टोलीले लछारपछार गर्दै नियन्त्रणमा लिएर लगेको छ ।

अदालत बाहिरबाट उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको हो । प्रहरी स्रोतका अनुसार काभ्रेमा बास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?