सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन- समाचार - कान्तिपुर समाचार

सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ ।

साथै तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ ।

सूचनामा मन्त्रालयले केही व्यक्ति कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा ईडिसिडीमा रिर्पोटिङ भएको उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती विवरण कोरोना बिमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको बताएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना अपडेट : २४ घण्टामा १२५ संक्रमित, ९० संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

हालसम्म देशभर २१ लाख ४३ हजार ३१५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×