१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना अपडेट : २४ घण्टामा १२५ संक्रमित, ९० संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् ।

कोरोना अपडेट : २४ घण्टामा १२५ संक्रमित, ९० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

हालसम्म देशभर २१ लाख ४३ हजार ३१५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६६ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?