१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पाैडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी भएको तर खाली नभएकोबारे छलफल गर्न दुवैबीच भेट भएको हो ।

सर्वोच्च अदालत स्रोतले भन्यो, 'दुवैबीच सर्वाेच्च अदालतलाई प्राप्त भइसकेको जग्गामा रहेका नेपाली सेनाका क्याभलरी लगायतका संरचना हटाउनेबारे छलफल भएको छ । सर्वाेच्च अदालतले संरचना निर्माणका लागि टेन्डर भइसक्दा पनि सेनाले संरचना नहटाएकाले प्रधानसेनापतिलाई बाेलाएर प्रधानन्यायाधीशले छलफल गर्नुभएको हाे ।'

'भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेकाले संरचना हटाएर सहयोग प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई निर्देशन भएको छ ।'

अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए । अदालतकाे परिसर साँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।

तर, सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर 'हेर्दाहेर्दै'मा रहेकाे बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?