कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मनमा मधेस राखेर काम गर्छु : प्रदेश २ प्रमुख झा

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शीरमा देश र मनमा मधेस राखेर काम गर्ने बताएका छन् । प्रदेश प्रमुखको कार्यभार सम्हाल्दै आइतबार झाले जनता र संविधानलाई आधार बनाएर प्रदेशका लागि काम गर्ने बताए । ‘सबैसँग मिलेर समन्वय गर्ने छु,’ उनले भने, ‘प्रदेशको पहिचानको सम्मान गर्छु ।’

मनमा मधेस राखेर काम गर्छु : प्रदेश २ प्रमुख झा

जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय भइरहदा समाज असुरक्षित हुन सक्ने बताउदै झाले सबैलाई अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका रहने बताए । कार्यभार सम्हाल्न आएका प्रमुख झालाई जनकपुर विमानस्थलमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंहले स्वागत गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रमुखमा झाको नियुक्तिले सरकार सशंकित भएको बताए । विगतमा संघीयता विरोधी अभिव्यक्ति दिएर झा विवादित भएकाले उनको अबको भूमिकाप्रति आश्वस्त हुन गाह्रो परेको उनको भनाइ छ । प्रदेश प्रमुखलाई काम अनुसार व्यवहार गरिने भए पनि झाको नियुक्तिमा सरकार सन्तुष्ट नरहेको उनले बताए ।

प्रमुख झालाई जनकपुर विमानस्थलमा स्वागत गर्न नेकपा ओली समूहका कार्यकर्ता भेला भएका थिए । उनीहरुले झाको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल र्‍याली निकालेका थिए । जनकपुर विमानस्थलमा प्रमुख झालाई पण्डित दुर्गाप्रसाद घिमिरेले माटोको टीका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?