प्रधानमन्त्रीले सडकबाट अदालतलाई धम्क्याए : गगन थापा

नारायण शर्मा

नवलपलरासी — कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन् ।

प्रधानमन्त्रीले सडकबाट अदालतलाई धम्क्याए : गगन थापा

‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’ बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको उनले चर्चा गरे । सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिँडेका उदाहरण संसारमा कहीँकतै नभएको बताए ।

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाद्वारा आइतबार हुप्सेकोटमा आयोजित आमसभामा बोल्दै थापाले उक्त कुरा बताएका हुन् ।

‘केपी ओली सन्काहा हुन्,’ थापाले अगाडि भने, ‘अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन ।’

प्रधानमन्त्रीले जेजे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न सक्दैन भन्दै थापाले प्रधानमन्त्रीले गरेको संसद् विघटन सही छ कि छैन भनेर सर्वोच्च अदालतले परीक्षण गरिरहेको बताए ।

त्यसैगरि न्यायाधीशले विवेक पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भनेर जनताले प्रतीक्षा गरेका छन् भन्ने तर्क गरे । न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त रहेको थापाले सुनाए । उनले कम्युनिस्टहरु गरिबीमा उम्रिने र हुर्किने गरेकाले उनीहरुबाट विकास र स्थायित्वको काम हुनै नसक्ने बताए ।

प्रकाशित : फाल्गुन ९, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?