२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

छोरा अपहरण गरेको आरोपमा बाबु पक्राउ

सन्तोष सिंह

धनुषा — नगराइन नगरपालिका–६ गंगुलीका ६ वर्षीय चन्दन साहलाई अपहरण गरेको आरोपमा मामा लक्ष्मिनरायण साहलाई प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणमा मामा साहसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले बताए ।

छोरा अपहरण गरेको आरोपमा बाबु पक्राउ

अपहरणमा बालकको आफ्नै मामासँगै एक जना नजिकका मामा र फिरौती माग गर्न प्रयोग भएको मोबाइल सिम कार्ड रहेको धनुषा, एकराहिकी मञ्जु देवी ठाकुरलाई पक्राउ गरिएको उनले बताए । अपहरणमा ठाकुरको नाममा रहेको सिम कार्ड प्रयोग भएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक राणाभाटले बताए । अपहरणमा संलग्न भएको हुन सक्ने अन्य ३ जनालाई अनुसन्धानका लागि बोलाइएको उनले जानकारी दिए ।

शनिबार दिउँसो घर अगाडिबाट अपहरणमा परेका ६ वर्षीय बालकलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको प्रहरी टोलीले शनिबार साँझ सकुशल उद्धार गरेको थियो । बालक अपहरणमा आफ्नै मामासहित बुवा रमेश साह समेत शंकाको घेरामा रहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताए । बालकका बुवालाई अपहरणको आरोपमा नियन्त्रणमा लिइएको डीआईजी सिंहले बताए ।

उनका अनुसार बालकका बुवाको गतिविधि समेत शंकास्पद पाइएको छ । अपहरणकारीले बालकको परिवारसँग फोन गरी फिरौती माग गरेका थिए । अपहरण बारे थप अनुसन्धान भइरहेको र मुद्दा दर्ता गरी आरोपितलाई सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?