आइतबार भारतबाट १० लाख डोज खोप आइपुग्‍ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइतबार भारतबाट १० लाख डोज खोप आइपुग्‍ने

इकान्तिपुर डेस्क

काठमाडौँ — सरकारले आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ । आइतबर एयर इन्डिया दिल्ली-काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आइतबार ल्याउन लागिएको हो ।

खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार सम्झौता बमोजिमको बाँकी खोप पनि छिट्टै ल्याइने छ ।


प्रकाशित : फाल्गुन ८, २०७७ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्

अब प्रचण्डलाई काँध हाल्न सक्दिनँ : प्रधानमन्त्री ओली

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई अब काँध हाल्न नसक्ने बताएका छन् । नेकपा ओली पक्षले विराटनगरमा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै न‍ेकपा अध्यक्ष रहेका ओलीले दुई/चार सिटमा सीमित हुन लागेका दाहाललाई आफूले ठूलो बनाए पनि गलत बाटो हिँडेकाले अब काँध नथाप्ने टिप्पणी गरेका हुन् ।

दाहालले राजनीतिमा गलत बाटो छानेको उनको नियति अब असफलता मात्रै रहेको ओलीले दाबी गरे । 'सिद्धिइसकेको प्रचण्डलाई, २/४ सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरो हालिदिएको थिएँ । जुरो भएपछि अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार चल्यो । उहाँले हामीलाई सिध्याउन खोज्नुभयो,' ओलीले भने,'उहाँको नियति अब असफलताबाहेक केही छैन ।'

'प्रचण्डजीको माया लाग्छ । पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो । वैद्यले छाड्नुभयो, डाक्टर लिनुभयो । उहाँले नि छाड्नुभयो, अहिले झाँक्री लिनुभयो । वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री तर उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन,' ओलीले भने,'उहाँले गलत बाटो छान्नुभयो । राजनीतिमा गलत बाटो छान्नुभयो । विकासको बाटोमा तगारो हाल्न खोज्नुभयो । नेपालको राजनीतिमा अब उहाँले सफलता पाउने सम्भावना छैन ।'

दाहाललाई पार्टीमा फर्कन आग्रह गर्दै उनले भने, 'अझै पनि तपाईं फर्कन चाहनुहुन्छ भने फर्कनुहोस् । मिसिन हुन्न भने भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिदैन । खिइँदै गएर सिधिने बाटोमा प्रचण्ड जानुभयो ।'

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गराइदिएपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ । ओली समूह र दाहाल-नेपाल समूह बनेपछि आन्दोलन र सभा गर्दै नेताहरु एक अर्काबीच आरोप-प्रत्यारोपमा उत्रेका छन् ।


प्रकाशित : फाल्गुन ८, २०७७ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×