कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य परीक्षणपश्चात् शनिबार भारतको राजधानी नयॉ दिल्लीबाट स्वदेश फर्किएका छन् । 

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

खनाल शनिबार दिउँसो स्वदेश फर्किएको नेकपा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । स्वास्थ्य परीक्षण रिपोर्टअनुसार खनालको स्वास्थ्य राम्रो रहेको समेत नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेता खनाल माघ ३० गते शुक्रबार बिहान नेपाल वायु सेवा निगमको जहाजमा दिल्ली गएका थिए ।

खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ । केही महिना अगाडि उनी उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?