कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसको सरकार आएपछि हिन्दु राष्ट्रबारे जनमतसंग्रह : शशांक कोइराला

नारायण शर्मा

नवलपरासी — नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टीको सरकार बनेपछि हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा गरेका छन् ।

कांग्रेसको सरकार आएपछि हिन्दु राष्ट्रबारे जनमतसंग्रह : शशांक कोइराला

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास गर्दै कोइरालाले शनिबार हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने आफ्नो अडान रहेको बताए । उनले कुनैपनि देशको धर्म सापेक्ष वा निरपेक्ष नभइ स्वतन्त्र हुनपर्ने आफ्नो मान्यता रहेको जनाउँदै मुलुकमा हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने बताएका हुन् ।

यस्तै, अर्को एक कार्यक्रममा महामन्त्री कोइारालाले अब हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई टिकट वितरण गर्दा जिल्ला सभापतिहरुलाई अधिकार दिनु पर्ने बताए । निर्वाचनमा कुन साथीको अवस्था राम्रो छ भन्ने कुरा सम्बधित जिल्ला सभापतिलाई थाहा हुने भएकाले जिल्लाबाटै टिकट वितरण गरेर उम्मेदवारको टुंगो लगाउने व्यवस्था उपयुक्त हुने बताए ।

प्रकाशित : फाल्गुन ८, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?