कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अब प्रचण्डलाई काँध हाल्न सक्दिनँ : प्रधानमन्त्री ओली

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई अब काँध हाल्न नसक्ने बताएका छन् । नेकपा ओली पक्षले विराटनगरमा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै न‍ेकपा अध्यक्ष रहेका ओलीले दुई/चार सिटमा सीमित हुन लागेका दाहाललाई आफूले ठूलो बनाए पनि गलत बाटो हिँडेकाले अब काँध नथाप्ने टिप्पणी गरेका हुन् ।

अब प्रचण्डलाई काँध हाल्न सक्दिनँ : प्रधानमन्त्री ओली

दाहालले राजनीतिमा गलत बाटो छानेको उनको नियति अब असफलता मात्रै रहेको ओलीले दाबी गरे । 'सिद्धिइसकेको प्रचण्डलाई, २/४ सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरो हालिदिएको थिएँ । जुरो भएपछि अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार चल्यो । उहाँले हामीलाई सिध्याउन खोज्नुभयो,' ओलीले भने,'उहाँको नियति अब असफलताबाहेक केही छैन ।'

'प्रचण्डजीको माया लाग्छ । पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो । वैद्यले छाड्नुभयो, डाक्टर लिनुभयो । उहाँले नि छाड्नुभयो, अहिले झाँक्री लिनुभयो । वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री तर उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन,' ओलीले भने,'उहाँले गलत बाटो छान्नुभयो । राजनीतिमा गलत बाटो छान्नुभयो । विकासको बाटोमा तगारो हाल्न खोज्नुभयो । नेपालको राजनीतिमा अब उहाँले सफलता पाउने सम्भावना छैन ।'

दाहाललाई पार्टीमा फर्कन आग्रह गर्दै उनले भने, 'अझै पनि तपाईं फर्कन चाहनुहुन्छ भने फर्कनुहोस् । मिसिन हुन्न भने भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिदैन । खिइँदै गएर सिधिने बाटोमा प्रचण्ड जानुभयो ।'

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गराइदिएपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ । ओली समूह र दाहाल-नेपाल समूह बनेपछि आन्दोलन र सभा गर्दै नेताहरु एक अर्काबीच आरोप-प्रत्यारोपमा उत्रेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?