कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पूर्वप्रधानन्यायाधीश र पूर्वप्रधानमन्त्रीहरु सडक भत्काउँदै हिँडेका छन् : बालकृष्ण ढुं‌गेल

इकान्तिपुर डेस्क

काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता बालकृष्ण ढुंगेलले पूर्वप्रधानन्यायाधीश र पूर्वप्रधानमन्त्रीहरुले समाजवाद ल्याउनका लागि भन्दै सडक भत्काउँदै हिँडेको आरोप लगाएका छन् ।

पूर्वप्रधानन्यायाधीश र पूर्वप्रधानमन्त्रीहरु सडक भत्काउँदै हिँडेका छन् : बालकृष्ण ढुं‌गेल

शनिबार विराटनगरमा आयोजित ओली नेतृत्वको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले अहिले नेपालमा पूर्वहरुको राज्य चलिरहेको बताएका हुन् ।

पूर्वमाओवादी नेतासमेत रहेका ढुंगेलले सम्बोधनका क्रममा भने, ‘आज सडकमा पूर्वहरुको राज्य चलिरहेको छ । पूर्वप्रधानन्यायाधीहरु र पूर्वप्रधानमन्त्रीहरु आज समाजवाद ल्याउनका निम्ति नेपाल सरकारले पिच गरेका नेपाली जनताका सम्पत्ति सडकहरु भत्काउँदै बमहरु राखेर समाजवादको यात्रा तय गर्दै हुनुहुन्छ । हामीलाई अब बमको यात्रा स्वीकाऱ्य छैन । बलिदानको यात्रा स्वीकाऱ्य छैन । मृत्युको यात्रा स्वीकार्य छैन ।’

नेता ढुंगेलले केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा समेटेपछि केही व्यक्ति विचलित भएको आरोप पनि लगाए । ‘कालापानी हाम्रो भूभाग हो भनेपछि केही साथीहरुको निदहराम भयो,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?